ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हरायो प्रजातन्त्रको उत्साह : सैनिक मञ्चको कार्यक्रममा सहभागी भएनन् विशिष्टहरू

२०७९ फागुन, ७  
विविध र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । शनिवार सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाइयो । सैनिकले देखाउने विभिन्न खेल कौशल हेर्न हजारौ सर्वसधारणको भीडले सडक नै अवरुद्ध भएका थिए । सैनिक मञ्चमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उपस्थित हुनुहुन्थ्यो । अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिले सेना दिवस भव्यरुपमा मानइयो ।

आइतवार त्यहि सैनिक मञ्चमा प्रजातन्त्र दिवस मनाइयो । तर, प्रजातन्त्र दिवसमा भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बाहेक अरू धेरै विशिष्ट व्यक्तिहरू सहभागी नै भएनन् । सरकारले विगतमा प्रजातन्त्र  दिवसमा सार्वजनिक बिदा दिने गरेको भएपनि गणतन्त्र आएपछि भने यो बिदालाई कटौति गरिएको थियो । कुनै सरकारलाई मन लागेपछि बिदा दिने र फेरि कटौति गर्ने गरेपछि यो दिवसको उत्साह नै हराएको छ ।

पूर्व प्रधानमन्त्री मध्येबाट बाबुराम भट्टराई मात्रै प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी थिए । उनी पनि दर्शक दिर्घामै बसेका थिए ।

दर्शक दिर्घामा बसिरहेका भटराईलाई पछि विशिष्ट अतिथि बस्ने मञ्चमा बोलाइएको थियो ।

विगतमा विभिन्न झाँकी सहित उपत्यकाका धेरै नगरपालिकाहरू सैनिक मञ्चमा आयोजना हुने प्रजातन्त्र दिवसमा सहभागी हुन्थे । तर, यो वर्ष त बुढानिलकण्ठ नगरपालिका बाहेक कुनै पनि नगरले प्रजातन्त्र दिवसमा झाँकी निकालेनन् । एउटा मात्रै नगरको झाँकी आएपछि उनीहरूले पनि मञ्चमा प्रस्तुती दिन पाएनन् ।

काठमाडौं महानगरका मेयर त प्रजातन्त्र दिवसमा सहभागी नै भएनन् ।

कार्यक्रममा सेना, प्रहरी र सशस्त्र प्रहरीको एक एक टुकुडीले मार्चपास गरेका थिए ।

सबै तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)