काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओपिअम रेष्टुरेन्टबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिने सहमति भएको छ । सहमतिअनुसार सिटिजन्सका कार्डवाहक ग्राहकले १५ प्रतिशतसम्म छूट पाउनेछन् । यसबाट ग्राहकले लाभ लिने र डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा ल्याउँदै आएको बैंकको भनाइ छ ।