ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बौद्धमा ग्याल्बो ल्होसारको रौनक [तस्वीरहरू]

२०७९ फागुन, ९  
विविध फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । हिमाली भेगमा बसोवास गर्ने शेर्पा समुदायले देशका विभिन्‍न स्थानमा मंगलवार ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष मनाएका छन् ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने परम्परा छ । शेर्पा समुदायले यस वर्ष २१५० औं ग्याल्बो ल्होसार मनाएका हुन् ।

काठमाडौंको बौद्धनाथ परिसरमा शेर्पा समुदाय जम्मा भएर एकअर्कासँग शुभकामना साटासाट गरी हर्षोल्लासका साथ पर्व मनाएका छन् । भोट भाषाको दाथोक पात्रोअनुसार यो पटक बाघ वर्ष पूरा गरी खरायो वर्ष आरम्भ हुँदैछ ।

ल्होसार मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । ग्याल्बो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै अहिले यो पर्व मनाउने जिल्ला बढेको हो ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)