ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनमा नव विवाहित जोडीलाई प्रान्त सरकारले दिन थाले १ महीनाको तलबी बिदा, बढ्ला त जन्मदर ?

२०७९ फागुन, १०  
अन्तरराष्ट्रिय र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पेचिङ । वर्षौसम्मको एक सन्तान नीतिका कारण जन्मदर घट्न थालेपछि हालैका वर्षहरुमा चीनले सन्तान नीति फेर्नेदेखि अन्य कयौं उपायहरू अपनाइरहेको छ । तर यति गर्दा गर्दै पनि गएको वर्ष ६० वर्षमा पहिलो पटक चीनको जनसंख्या घटेको थियो । 

जन्मदर बढाउन संघर्षरत केही चिनियाँ प्रान्तहरुले नव विवाहित जोडीलाई झ्याप्पै एक महीनासम्मको तलबी बिदा दिइरहेका छन् । विवाहलाई प्रोत्साहिन गर्ने र जन्मदर बढाउने आशमा यस्तो गरिएको कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेली हेल्थले बताएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले समाचार छापेको छ ।

चीनमा बिहे गर्नेहरुले न्यूनतम् तीन दिनको तलबी बिदा पाउँदै आएका छ । तर, प्रान्तहरुले फेब्रुअरीयता भने झनै उदार भएर सेवा सुविधा ल्याइरहेका छन् । उत्तरपश्चिमको प्रान्त कान्सु र कोइला उत्पादक प्रान्त शाङ्सीले ३० दिनको बिहे बिदा दिन शुरू गरेको छ ।

शाङहाईले पनि १० दिनको तलबी बिहे बिदा दिन थालेको छ ।  शचुआनमा मात्रै यस्तो बिदा तीन दिन भएका पिपुल्स डेली हेल्थको भनाइ छ । बिहे बिदाको म्याद थप्ने कदम जन्मदर बढाउने एउटा प्रभावकारी तरिका भएको विज्ञहरुले बताइरहेका छन् । बिहे बिदाको म्याद थप्ने क्रम भने आर्थिक विकास सुस्त भएका प्रान्त र शहरहरुमा बढी पाइएको छ । यस्ता शहरहरुमा श्रम बल विस्तार र खपत बढाउन तत्कालै जरुरी भएको छ । यसले मात्रै पुग्दैन । हाउजिङ सहुलियत र पुरुषका लागि समेत तलबी पितृत्व बिदा लगायत जन्मदर बढाउन अन्य नीतिहरू पनि चाहिन्छ ।

चीनमा आगामी वर्षहरुमा जनसंख्या घट्ने अनुमान छ । यसमा २०२२ टर्निङ प्वाइन्ट रह्यो । गएको वर्ष चीनमा प्रति हजार जनामा जन्मदर ६ दशमलव ७७ थियो । सन् १९८० देखि २०१५ को बीचमा लागू भएको एक सन्तान नीतिका कारण जनसंख्या घटेको बताइन्छ । छोरोछोरीको शिक्षादिक्षा खर्चमा भएको वृद्धिका कारण पनि अभिभावकहरू एक भन्दा धेरै सन्तान धान्न नसक्ने अवस्थामा छन् । यस्तोमा केहीले भने सन्तानोत्पादनको योजना नै पछाडि धकेल्ने वा पाउँदै नपाउँदै क्रम पनि बढेको छ । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)