काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच बैंक जमानतपत्रसम्बन्धी सम्झौता सम्पन्न भएको छ । महासंघका सदस्यलाई राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानतपत्र लिने/नवीकरण सहज रूपमा गराउने गरी सम्बन्धी सम्झौता गरिएको हो ।
बिहीवार बैंकको कर्पोरेट कार्यालयमा भएको सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दासले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्दा भारतीय दूतावासको नाममा जारी गर्ने जमानतपत्र लिने/नवीकरण गर्दा बैंकको जुनसुकै शाखाबाट संघका सदस्यहरूले सहुलियतपूर्ण ढंगले जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।