ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कमलविनायकमा एभरेष्ट बैंकको १२४औं शाखा

२०७९ फागुन, १४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शुक्रवारदेखि भक्तपुरको कमलविनायकमा १२४औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन भक्तपुर नगरपालिका–१० का अध्यक्ष लक्ष्मीप्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रूपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कमलविनायक र आसपासका बासिन्दालाई उक्त शाखाले अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बताएका थिए । बैंकमा हालसम्म करीब १३ लाखभन्दा बढी ग्राहक आबद्ध छन् । यस्तै १२४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६० एटीएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ । बैंकले सरकारको राजस्व संकलनका लागि ३२ ओटा संकलन केन्द्रबाट सेवा दिँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)