काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिका–३ को टौखेलमा वडा कार्यालयसँगको साझेदारीमा सोलार बस स्ट्यान्ड निर्माण गरेको छ । सोलार बस स्ट्यान्डको उद्घाटन ललितपुर महानगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गरेका थिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले नवनिर्मित सोलार बस स्ट्यान्डले टौखेलका स्थानीयलाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीको रूपमा विकसित गर्न थप मद्दत पुग्ने बताएका थिए ।