ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया लघुवित्तको फील्ड व्यवस्थापन तालीम

२०७९ फागुन, १४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको मधेश प्रदेश कार्यालयले प्रदेशअन्तर्गतका शाखामा कार्यरत फील्ड कर्मचारीलाई प्रभावकारी फील्ड व्यवस्थापन तालीम दिएको छ । कार्यालयले सो क्षेत्रका जितपुर, लालबन्दी, बर्दिबास, चोहर्वा, रुपनी लगायत स्थानमा तालीम सञ्चालन गरेको हो । तालीममा कर्मचारीलाई लघुवित्त र यसको महत्त्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आइरहेको वित्तीय तथा गैरवित्तीय कार्यक्रम, संस्थाको नीति लगायतमा सहजीकरण गरिएको प्रदेश प्रमुख  विजय यादवले बताए । तालीममा ग्राहकहरूको वित्तीय कारोबार गर्न सक्ने क्षमता तथा व्यवसायको विश्लेषण गरी कर्जा प्रवाह कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । तालीमले संस्थाका सेवा सरल, सहज तथा उपलब्धिमूलक रूपमा प्रवाह गर्न सहयोग पुग्ने संस्थाका कर्पोरेट कार्यालयका चिफ अपरेसन एण्ड सपोर्ट इकोसिष्टम राजेन्द्र न्यौपानेले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)