काठमाडौं । ज्योति विकास बैंकको १५औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले कम्पनीको शेयरधनीलाई हाल कायम भएको चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ३ दशमलव ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । ३ प्रतिशत बोनस शेयर पारित भएपछि बैंकको चुक्ता पूँजी रू.४ अर्ब ३९ करोड पुगेको छ ।