ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वसन्तपुरमा ठड्याइयो चीर, होलीको रौनक शुरु [तस्वीरहरू] 

२०७९ फागुन, १५  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar सुनिल शर्मा

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा चीर ठड्याइएको छ । नेवार समुदायले वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ सोमवार (आज) बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा विधिपूर्वक चीर ठड्याएका हुन् । 

यससँगै होली पर्वको रौनक शुरु भएको छ । नेवार समुदायले चीर ठड्याउनुलाई हाेलीकाे शुरुआतका रुपमा लिने गरेका छन् । असत्यमाथि सत्यको जीतका रुपमा चीर ठड्याइएको स्थानीय बताउँछन् । 

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ। २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)