ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरज आर्केडको बेसमेन्टमा पार्किङ बनाएपछि यस्तो देखियो वसन्तपुर-इन्द्रचोक क्षेत्र [फोटोफिचर]

२०७९ फागुन, १८  
विविध फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । केही समयअघिसम्म वसन्तपुरबाट इन्द्रचोकतर्फ जाँदा ठाउँठाउँमा अव्यवस्थित रूपमा गरिएको पार्किङले पैदलयात्रा गर्न पनि हम्मेहम्मे पर्थ्यो । अहिले भने त्यो बाटो शान्त देखिन्छ । पैदल यात्रु त के बाइककै यात्रा पनि सहज भएको छ । यसको श्रेय भने काठमाडौं महानगरपालिका र मेयर बालेन्द्र शाहलाई जान्छ ।

बेशमेन्टलाई पार्किङ बनाउने भनेर भवनको नक्सा पास गर्दा कर छुट लिएका हजारौं भवनका बेशमेन्टमा पसलहरू नै सञ्चालन गरिएका थिए ।

महानगरले केही ठाउँमा डोजर लगाएर बेसमेन्ट खाली गराउन थालेपछि व्यवसायीले समय मागेर नक्साअनुसार जाने प्रतिबद्धता जनाएका थिए । त्यसै प्रतिबद्धताअनुसार काठमाडौंको व्यस्त बजार मखन रहेको सुरज आर्केडले बेसमेन्टलाई पार्किङमै बदलेपछि अहिले वसन्तपुर-इन्द्रचोक बाटोको अव्यवस्थित पार्किङ हटेको छ ।

सुरज आर्केडमा एकपटकमा ३०० ओटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । प्रतिघण्टा पार्किङ शुल्क २५ रुपैयाँ तोकिएको छ । पार्किङ बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला हुनेछ ।

महानगरले स्वीकृत नक्सा र वर्तमान उपयोगको अवस्था अनुगमन गरेपछि आर्केड व्यवस्थापनले पार्किङ प्रयोजनमा रुपान्तरण गरेको हो । कम्प्लेक्समा पार्किङ सुविधा थपिएसँगै सधै‌ंजसो सवारी चाप रहने नयाँ सडक क्षेत्रमा यातायात व्यवस्थापनमा सहयोग पुग्नेछ । 


काठमाडौं महानगरपालिकाले ०७९ साउन २ गते ३५ दिने सार्वजनिक सूचना गरेर बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न अनुरोध गरेको थियो । सूचनाको म्याद सकिएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट महानगरले अनुगमन गर्दै कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । 

अनुगमनपछि सुन्धारामा रहेका काठमाडौं मल, आरबी कम्प्लेक्स, दरबार मार्गमा रहेका लण्डन पब र दरबार मलको भूमिगत तला पार्किङमा रुपान्तरण भइसकेका छन् ।

यस्तै नयाँबानेश्वर, कलंकी, त्रिपुरेश्वरलगायत स्थानमा बेसमेन्ट तथा जमीन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराइसकेको छ । यसरी खाली गराइएका संरचनाहरूमा नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा प्राप्त गरेका थिए ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)