काठमाडौं । संखुवासभाको सभापोखरीमा निर्माणाधीन ५ मेगावाट क्षमताको लंखुवाखोला साना जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरवीवी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । यसका लागि आइतवार आरवीवी मर्चेन्ट बैंकिङ र सभापोखरी हाइड्रोपावरबीच सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा उक्त हाइड्रोपावरका प्रबन्ध निर्देशक राम देवकोटा र आरवीवीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । ८० प्रतिशत निर्माण सम्पन्न गरी आयोजनाको साधारण शेयर निष्कासन गर्न लागिएको हाइड्रोले जानकारी दिएको छ ।