ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंक र सेन्ट्रल डायग्नोस्टिकबीच सम्झौता

२०७९ फागुन, १९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच बैंकका कार्डवाहकलाई विशेष छूट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहकले सेन्ट्रल डायग्नोस्टिकमा १० प्रतिशतसम्म छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)