ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालका ६ चिया कम्पनीले जिते अन्तरराष्ट्रिय प्रतिस्पर्धामा 'गोल्ड मेडल', 'कुल १० ओटा पदक जिते'

२०७९ फागुन, १९  
समाचार र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । नेपालका १० ओटा चिया उत्पादक कम्पनीहरू उत्पादन, स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् ।

चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म 'चाइना टि मार्केटिङ एशोसिएशन'द्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीवार आयोजना गरेको कार्यक्रममा यी पुरस्कार वितरण गरिएको थियो । प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० ओटा चियाका नमूना सङ्कलन गरी बोर्डमै भएको टेस्टिङ (चियाको स्वाद एव गुणस्तर परीक्षण)का आधारमा १६ ओटा चियाका नमूना प्रतिस्पर्धाका लागि चीन पठाएको थियो । 

यसअनुसार एक तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडले पर्ल गोल्डेन ब्ल्याक टी अवार्ड प्राप्त गरेको छ । यसैगरी फार्मर टी प्रोसेसिङ उद्योगको एफटी हिमालय गोल्ड, हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको साङ्ग्रिला गोल्ड, गोरखा टी स्टेट प्रालि जिटिइ गोल्डेन टि, सिद्धा डेभी टी इस्टेट प्रालिको सिल्भर विङ्स र कञ्चनजङ्गा अग्र्यानिक अर्थोडक्स चिया उद्योग प्रालिको गोल्डेन टिप्स चियाले स्वर्णपदक जितेका छन् । 

यसैगरी हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको हिमालयन सन्राइज ब्यूटी, श्री बराह टी इन्डष्ट्रिको स्पेशल ब्ल्याक टी, तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडको नर्मल गोल्डेन ब्ल्याक टी र मैना पोखरी चिया प्रशोधन उद्योगको एमपी १० मिरमिरेले रजतपदक प्राप्त गरेका छन् । 

आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कअनुसार नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपिएको र त्यसबाट २३ हजार सात सय ४५ मेट्रिकटन चिया उत्पादन गरिएको छ । हाल १७ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक यो व्यवसायमा आबद्ध छन्।

नेपालबाट गत आवमा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । नेपाली चिया गुणस्तरमा अब्बल रहँदारहँदै पनि उचित बजारीकरण हुन नसक्दा अति नै न्यून मूल्यमा विक्री गर्नु परिरहेको किसानको गुनासो छ । नेपालबाट वार्षिक  १० अर्ब रुपैयाँभन्दा बढीको चिया निर्यातको सम्भावना छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)