काठमाडौं । राजधानी शहर काठमाडौंको भृकुटीमण्डप पार्कमा अहिले मानिसहरुको चहलपहल धेरै छ । त्यहाँ आउनेहरू ढकमक्क फुलेका मौसमी फूलहरु वरपर फोटो, भिडियो खिच्ने र टिकटक बनाउन झुम्मिरहेका देखिन्छन् ।
उपत्यकाको सडक आसपास अहिले आरु प्रजातिका बोट, प्रुनस प्रसिका, प्रुनस सेरासोइड (पैयुँ), प्रुनस सेर्सीफेराका विभिन्न उपप्रजातिको बोटहरुमा सेता, गुलाबी र रातो रङका फूल फुल्न थालेसँगै काठमाडौं शहरलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको छ । भृकुटीमण्डप मात्रै नभई थापाथली, शंखमूल, नक्साल, सिनामंगल आदि स्थानका सडकका आसपास पनि रंगीन देखिएका छन् ।
यस्तै रंगिन दृश्यहरू हेरेर रमाउन पाइने भएकाले नै होला, वसन्तऋतुलाई ऋतुहरूको राजा भनिएको पनि ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान