ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रंगीन पर्व होलीमा 'ब्ल्याक एन्ड ह्वाइट' भयो 'होली ब्यापार' ! [फोटो फिचर]

२०७९ फागुन, २१  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । काठमाडौंको असन बजारलाई यस पटक होलीले खासै छुन सकेन । विगतका वर्षहरूमा वसन्तपुरमा होलीको चीर गाडेदेखि अर्थात होलीको एक हप्ता अगाडिदेखि नै असन, जमल, इन्द्रचोक लगायतका मुख्य बजारमा रंग, होली पेस्तोल, पिचकारी, टिसर्ट बेच्ने र खरीद गर्नेको भीड नै लाग्ने गर्दथ्यो । तर, अहिले काठमाडौं महानगरपालिकाले फुटपाथ बजार हटाएका कारण यी बजारमा होली आएको आभाष नै भएको छैन ।

असन बजारमा होलीका सामानहरूको लामो समय देखि थोक व्यापार गर्दै आएका कृष्ण श्रेष्ठले फुटपाथ बजारका व्यापारीले सामानहरू खरीद नगरे पनि टाढा टाढाबाट व्यापारीहरू खरीद गर्न छुटाएका छैनन । विगतको केही वर्ष चीनबाट सामान नआएकोमा यस पटक भारत तथा चीनका होलीका पिचकारी विक्री गरिरहेका छन । उनका अनुसार थोकमा ५० देखि ४०० रुपैंया सम्मका पिचकारीहरू विक्रीमा छन भने बेलूनहरू १० देखि २० रुपैंया , रंगहरू ७० देखि १५० रुपैयाँसम्ममा विभिन्न रंगहरूको प्याकेट पाईन्छन । 

बजारमा होलीका टिसर्टहरू ३०० रुपैंयामा २ ओटा तथा ५०० रुपैंया २ ओटा भेराइटीको पाईन्छ । तर, फुटपाथ बजार नभएकोले मानिसहरू किन्न बिहान अथवा बेलुका नै धाउने गर्दछन । दिउँसो मुस्किलले केही लुगा पसल, कुर्ता पसलहरूमा किन्न पाईन्छ । होली टिसर्टहरू मार्टहरू, डिर्पाटमेन्टल स्टोरहरूमा २४९ रुपैंयामा मजाले किन्न सकिन्छ ।  

विगतका वर्षहरूमा रंग पसल राख्ने रमिलाले तिहारमा बाँकी रहेका रंगहरू नै बेचेर यो पटक व्यापार गर्ने बताइन।  नयाँ सामान खरीद गरेर बिहान २ घण्टा तथा बेलुका साँझ परेपछि व्यापार गरेर कुनै औचित्य नहुने उनको भनाइ छ  । उनले रंगीन व्यापार लाई ब्ल्याक एन्ड ह्वाइट बनाएकोमा महानगरपालिकालाई होलीको ठूलो शुभकामना पनि दिइन । 

यस्तै केही थप व्यापार हुने आशमा रंगमा खर्च गरेर फुटपाथमा व्यापार गर्ने हरीश सेनलाई होलीको दिन अलि व्यापार हुने आश छ । बिहान ६ बजे देखि ८ बजेसम्म तथा बेलुका ६ बजे पसल थापे पनि खासै व्यापार नहुने उनले बताए । उनले रंगका प्याकेटहरू प्रति प्याकेट २० रुपैंयामा बेचिरहेका छन ।


तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)