काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप तथा क्यूआर भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल होली’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक कम्पनीले जानकारी दिएको छ । फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ‘जीआईबीएल’ र आफ्नो मन पर्ने रङको नाम लेखी भुक्तानी गर्दा ग्राहकले एकपटकको खरीदको १५ प्रतिशत वा १५० रुपैयाँसम्म क्यासब्याक पाउने कम्पनीले जानकारी दिएको छ ।