काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनीले शेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । शुक्रवार हाइड्रोपावर र क्यापिटलबीच सो सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा हाइड्रोपावरका प्रबन्ध सञ्चालक दिनेशप्रसाद श्रेष्ठ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
हाइड्रोपावरले फागुनको पहिलो सातादेखि विद्युत् उत्पादन परीक्षण गरिरहेको छ भने क्यापिटलले धितोपत्र निष्कासन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापनको साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ सेवा दिँदै आएको छ ।