काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंकबीच बैंकको रेमिट एप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि प्रयोगकर्ताले रेमिट एपमार्फत स्मार्ट क्यूआर मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले कारोबार सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीको दाबी छ ।