ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना

२०७९ फागुन, २३  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल प्रहरी र एभरेष्ट बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतवार आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले र प्रहरी महानिरीक्षक सिंहलाई रू. २५ लाखको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त सहयोगले प्रहरी कर्मचारीका सन्ततिको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले सम्झौताबाट बढीभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा रहेको बताए ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दै आएको उनको भनाइ छ । सम्झौतामा प्रहरी विद्यालयमा अध्ययन गर्ने बहालवाला तथा अवकाश प्राप्त र शहीद एवं अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका दुई जेहेनदार विद्यार्थीलाई निःशुल्क पढाइने उल्लेख छ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल प्रहरी विद्यालयका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)