ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशियाद्वारा दुर्घटना बीमाबापत १० लाख भुक्तानी

२०७९ फागुन, २४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका रूपन्देही शुद्धोधन गाउँपालिकाका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको रू. १० लाख भुक्तानी गरेको छ । ‘सर्वश्रेष्ठ बचत’ खाता खोलेका खरेलको दुर्घटना बीमाबापतको उक्त रकमबराबरको चेक उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलकसुन्दर कार्कीले हस्तान्तरण गरेका छन् ।

हालसम्म २०७९ जना ग्राहकलाई बीमा दाबी गरेबापतको रू. ७ करोड ८८ लाखभन्दा बढी भुक्तानी गरिसकेको बैंकले जानकारी दिएको छ, जसमध्ये घातक रोग बीमाबापत २७ जनाले रू. २ करोड ९० लाख, दुर्घटना बीमाबापत १३ जनाले रू. १ करोड ३० लाख र मेडिकल बीमाबापत २ हजार ३९ जनाले रू. ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरेको बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)