काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई छूट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहकले क्लिनिकमा १० प्रतिशतसम्म छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकको विश्वास छ । बैंकले देशभर १८२ ओटा शाखा, १३४ ओटा एटीएम र ९७ ओटा शाखा रहित बैंकिङ इकाईमार्फत करीब १५ लाख २६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ ।