काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले आफ्नो नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड कायम गरेको छ । सिटिजन्स क्यापिटलले नयाँ योजना सार्वजनिक गर्दै वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीको आईपीओ भरिदिने विशेष पीएमएस सेवा, डाक्टर पेशामा आबद्ध तथा अन्य पेशा/क्षेत्रबाट सेवा निवृत्त व्यक्तिलाई लक्षित गरी विभिन्न योजनाका साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने योजना सार्वजनिक गरेको छ । साथै यी सेवा लिन चाहने पहिलो ५० ग्राहकलाई वार्षिक सञ्चालन शुल्कमा ५० प्रतिशत छूटको पनि व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।