काठमाडौं । लुम्बिनी विकास बैंकले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले कास्कीको पोखरा महानगरपालिका–१० स्थित रामबजार शाखामा सोमवारदेखि एटीएम सेवा शुरू गरेको हो । यसबाट स्थानीयस्तरमा अझै सहज बैंकिङ सेवा पुर्याउन सहयोग पुग्ने बैंकको विश्वास छ । शाखा उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका–१५ का अध्यक्ष तोरणबहादुर बानियाँ, बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पूर्वअध्यक्ष सुशीलराज पराजुली, पूर्वसञ्चालक बिलबहादुर गुरुङ, बैंकका शेयरधनी, स्थानीय व्यवसायी, निक्षेपकर्ता लगायतको उपस्थिति रहेको थियो । बैंकले ८९ ओटा शाखा, एकओटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै बताइएको छ ।