ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशियाद्वारा घातक रोगको बीमाबापत १० लाख भुक्तानी

२०७९ चैत, १  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ खोलेकी अन्नु श्रेष्ठलाई घातक रोगको बीमाबापत रू. १० लाख भुक्तानी गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले उक्त बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म २०८० जना ग्राहकलाई घातक रोग बीमाबापत रू. ३ करोड, दुर्घटना बीमाबापत रू. १ करोड ३० लाख र स्वास्थ्य बीमाबापत रू. ३ करोड ६७ लाख गरी कुल रू. ७ करोड ९७ लाख बीमा रकम प्रदान गरिएको बैंकको भनाइ छ । बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०६ ओटा विस्तारित काउन्टर एवं ८१ ओटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)