ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारीमा मुद्दती खाता खोल्दा आवधिक जीवन बीमा

२०७९ चैत, २  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितकोे थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले ‘कुमारी जीवन बीमा ‘२ह् मुद्दती खाता प्लस’मा ६ वर्ष ८ महीना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ । सो योजनाअन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने बताइएको छ । योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम ५० हजार रुपैयाँमा मुद्दती खाता खोल्न सक्नेछन् । मुद्दती निक्षेपकर्ताले अधिकतम १ करोड रुपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्ने बैंकको भनाइ छ । योजनाअनुसार ग्राहकले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्ने छन् । सोही अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)