ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा एनआईसी एशिया बैंकका कर्मचारीमाथि कुटपिट, सिबिफिनले गर्‍यो शान्ति सुरक्षाको माग

२०७९ चैत, २  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि कुटपिट गर्ने र कार्यालय लुटपाट गर्ने जस्ता अराजक गतिविधि तत्काल बन्द गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आग्रह  गरेको छ । 

जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकडपछि बिहीवार म्याग्दीमा ज्यान लिने गरी घटना घटाइएको सिबिफिनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

चैत्र २ गतेका दिन गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एशिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण गरी गंभिर घाइते बनाइएको घटनाको सिबिफिनले घोर भत्र्सना गरेको छ ।

"निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं ।" सिबिफिनद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 

वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धीत सबैमा बारम्बार अपिल गरिरहेको बेला बैंकका कर्मचारी माथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको पनि सिबिफिनले उल्लेख गरेको छ ।

"आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी  बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धीत सबै पक्षमा पुनः हार्दिक अपिल गर्दछौं ।" सिबिफिनले भनेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)