ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रेमिट्यान्स सेवाका लागि नेपाल रेमिट–राष्ट्रिय वाणिज्य बैंक सम्झौता

२०७९ चैत, ६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र राष्ट्रिय वाणिज्य बैंकबीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । गत हप्ता भएको सम्झौतामा रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि रेमिटबाट विश्वका विभिन्न स्थानबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम बैंकका शाखा कार्यालयबाट सरल तरीकाले प्राप्त गर्न सकिनेछ । सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने रेमिटका नायव महाप्रबन्धक देववहादुर थापाको भनाइ छ । रेमिटले बिगत १७ वर्षदेखि रेमिट्यान्सको क्षेत्रमा काम गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)