काठमाडौं । नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक विक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारीसाधन कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिक र बैंकका डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन् । सम्झौतामा ग्राहकको चाहनाअनुसार अशोक लेल्यान्डका सवारीसाधन खरीदमा बैंकले अधिकतम ७ वर्षसम्मका लागि १४ प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराउने उल्लेख छ । कर्जा प्राप्त गर्न सहज, सरल प्रक्रिया अपनाइने र राष्ट्र बैंकको नीति निर्देशनअन्तर्गत कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ । नेपालको कमर्शियल सवारीसाधन बजारमा अशोक लेल्यान्डको बजार राम्रो रहेको र शोरुम तथा सर्भिसिङसहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको बताइएको छ । हालै कम्पनीले लाइट कमर्शियल भेइकल ‘दोस्त’का लागि ५ वर्षे वारेन्टीसमेत घोषणा गरेको छ ।