काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई छूटमा यात्रा गराउन मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्र्ताले कुरिनटारमा सञ्चालित केबुलकार सेवामा १० प्रतिशत छूट प्राप्त गर्ने बताइएको छ । यस किसिमको सहकार्यबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ । ग्राहकलाई डिजिटल भुक्तानीसँग साक्षात्कार गराउने उद्देश्यले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले जानकारी दिएको छ ।