ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फोहोर व्यवस्थापनमा ज्योति विकास बैंकको सहयोग

२०७९ चैत, ९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिलाई ६६ ओटा डस्टबिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कोषको स्थापना गरेको हो ।

पर्यटकीय क्षेत्र घान्द्रुकलाई सफा र सुन्दर राख्न तथा सो क्षेत्रको फोहोर व्यवस्थापन गर्ने उद्देश्यले उक्त सहयोग गरेको बैंकले जानकारी दिएको छ । बुधवार घान्द्रुकमा आयोजित एक कार्यक्रमका बीच बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समितिका अध्यक्ष विक्रम गुरुङलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा बैंकले त्यहाँ सञ्चालित साना चारपांग्रे सवारीसाधन सञ्चालकलाई क्यूआर कोड वितरण गरेको छ । घान्द्रुक घुम्न जाने पर्यटकलाई सवारीसाधनको भाडा भुक्तानीमा सहजताका लागि र नगदरहित कारोबार प्रवद्र्धन गर्न क्यूआर कोड दिइएको बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)