काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ‘फ्यूचर मेकर्स’का लागि रकम संकलन कार्यक्रमको आयोजना गरेको छ । मार्च १८ मा बैंकले आफ्ना कर्मचारीमाझ सो कार्यक्रम आयोजना गरेको थियो । फ्यूचर मेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड भन्ने पहलअन्तर्गत बैंकले ‘होम रन २०२३’ नाम दिएर रकम संकलन कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा बैंकका करीब २०० कर्मचारीको सहभागिता रहेको थियो । यसमा बैंकका शाखाहरू भएका नक्साल, नयाँ सडक र नयाँ बानेश्वर क्षेत्र समेटिने गरी झन्डै ११ किमीमा वाकिङ, रनिङ र साइक्लिङको आयोजना गरिएको थियो । यस कार्यक्रमबाट उठेको रकमलाई नेपालमा ‘फ्यूचर मेकर्स’सँग सम्बन्धित संस्थागत सामाजिक उत्तरदायित्वका परियोजनामा खर्चने बैंकले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।