काठमाडौं । नेपालका लागि अशोक लेल्यान्डका गाडीको आधिकारिक विक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारीसाधन कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिक र बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा ग्राहकको चाहनाअनुसार अशोक लेल्यान्डका सवारीसाधन खरीदमा बैंकले सुलभ ब्याजदरमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने उल्लेख छ । कर्जा प्राप्त गर्न सहज, सरल प्रक्रिया अपनाइने र राष्ट्र बैंकको नीति निर्देशनअन्तर्गत उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । नेपालको कमर्शियल सवारीसाधन बजारमा अशोक लेल्यान्डको बजार राम्रो रहेको र शोरुम तथा सर्भिसिङसहितका सेवा विस्तारलाई कम्पनीले निरन्तरता दिइरहेको बताइएको छ । हालै कम्पनीले लाइट कमर्शियल भेइकल ‘दोस्त’का लागि पाँचवर्षे वारेन्टीसमेत घोषणा गरेको छ ।