काठमाडौं । बीवाइडीका विद्युतीय गाडी किन्दा प्रभु बैंकले कर्जा दिने भएको छ । नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक र बैंकबीच सवारी साधन खरीदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले बीवाइडीका गाडी खरीद गर्न बैंकबाट सहज र सरल तरीकाबाट फाइनान्स सुविधा पाउने छन् । बैंकले बीवाइडीका गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने भएको हो । ग्राहकले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बीवाइडीको एटोथ्री र ईसिक्स कार किन्न सक्नेछन् । साइमेक्सले नेपाली बजारमा बीवाइडीको एटोथ्री ६४ लाख ९० हजार र ईसिक्स ५९ लाख रुपैयाँमा बेच्दै आएको छ ।