ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथले गर्‍यो सीएसआर अन्तर्गत विभिन्न कार्यक्रम

२०७९ चैत, १३  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत चैत महीनामा विभिन्न कार्यक्रम सम्पन्न गरेको जाकारी दिएको छ ।

बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपलस्थित भूतपूर्व सैनिक कृषि समूहलाई डस्टबिन हस्तान्तरण गरेको छ । त्यस्तै ट्राफिक कार्यालय कास्कीलाई ट्राफिक नियमसम्बन्धी सन्देशमूलक बोर्ड हस्तान्तरण गरेको बैंकको भनाइ छ ।

यसैगरी बैंकले दाङको घोराही उपमहानगरपालिका–१६ स्थित ‘ज्येष्ठ नागरिक सरोकार केन्द्र’लाई सीसीटीभी क्यामेरा सहयोग गरेको छ । नुवाकोटको विदुर नगरपालिका–९ को खानेपानीको समस्या समाधान गर्न ‘पिपलटार खानेपानी आयोजना उपभोक्ता समिति’लाई आर्थिक सहयोग समेत गरेको बैंकले जानकारी दिएको छ । बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाअन्तर्गत रू. २ करोडसम्मको व्यावसायिक कर्जा सर्वसुलभ ब्याजदरमा तीन कार्य दिनभित्र स्वीकृत गर्ने सुविधासमेत ल्याएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)