ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिलको ‘हरितगृह ग्यास उत्सर्जन’ प्रतिवेदन सार्वजनिक

२०७९ चैत, १४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंकले सन् २०२२ को हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले पूर्वाधार तथा परियोजना वित्त (आईपीएफ) शाखाअन्तर्गत ऋण तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । नबिल बैंक सन् २०२१ का कार्बन एकाउन्टिङ फाइनान्सियल्स (सीएएफ)का हस्ताक्षरकर्तामध्ये एक हो । सोही प्रतिबद्धतापत्रको अंशको रूपमा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

आईपीएफ पोर्टफोलियोले ऊर्जा, सिमेन्ट, वायुसेवा, दूरसञ्चार तथा अन्य व्यावसायिक क्षेत्रमा लगानी र ऋणको दायरा समावेश गर्छ । बैंकको दिगो बैंकिङ अभियानले आईपीएफ शाखाअन्तर्गत ऋण र लगानी पोर्टफोलियोबाट उत्सर्जन मापन गर्न लक्ष्य तय गरेको थियो ।

बैंकका अनुसार कार्बन उत्सर्जन मूल्यांकनअनुसार २०२२ मा कुल उत्सर्जन ८० हजार ६७१ टन कार्बनडाइअक्साइड बराबर भएको देखिएको थियो । जलविद्युत् र सौर्य ऊर्जामा भएको लगानीबाट २ हजार १३१ टन कार्बनडाइअक्साइड उत्सर्जन हुनबाट बचेको पाइएको छ ।

नबिलका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्बन फुटप्रिन्ट घटाउन र पोर्टफोलियो दिगो बनाउन यो महत्त्वपूर्ण रकम भएको र बैंकले यसमा अझै सक्रिय रूपमा काम गरिरहेको बताए । ‘यसका लागि सामूहिक पहल आवश्यक रहेको हामीले बुझेका छौं,’ उनले भने, ‘नेट शून्य कार्बन फुटप्रिन्टतर्फ हामीले प्राप्त गरेका प्रगतिमा नियमित जानकारी अद्यावधिक गर्न प्रतिबद्ध छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)