ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

२०७९ चैत, १४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लुम्बिनी विकास बैंकले ‘ग्लोबल मनी वीक २०२३’को अवसरमा सातैै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले साक्षरता अभियान सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ । समुदाय र विद्यालयमा वित्तीय योजना तथा व्यवस्थापन, बजेट निर्माण तथा परिमार्जन, बचत र लगानीका बारेमा जानकारी दिइएको बैंकको भनाइ छ । बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी र लम्की, कर्णाली प्रदेशको वीरेन्द्रनगर, लुम्बिनी प्रदेशका नेपालगञ्ज, घोराही र मणिग्राममा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । त्यस्तै, गण्डकी प्रदेशको पोखरा, बागमती प्रदेशका नारायणगढ र काठमाडौं, मधेश प्रदेशको वीरगञ्ज र कोशी प्रदेशको विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जानकारी दिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)