काठमाडौं । लक्ष्मी बैंकको १४४औं शाखा ललितपुर महानगरपालिका–२८ को हात्तीवनमा सञ्चालनमा आएको छ । यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जानकारी दिएको छ । बैंकका ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६९ शाखारहित बैंकिङ एजेन्ट पुगेको बताइएको छ ।