काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारणसभा मंगलवार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । साधरणसभामा विभिन्न निकाय, संघ संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारी र बैंक सञ्चालक समितिका सदस्यहरू सुमन दाहाल, डा. राजेन्द्र मिश्र, सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, रीता सुवेदीको उपस्थिति थियो । बैंकको सञ्चालक समितिमा समूह (ख) सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक सदस्यमा गोविन्दप्रसाद भट्टराई, संजिव पौडेल र विनोदकुमार गुरागाईं आगामी चारवर्षे कार्यकालका लागि चयन भएका छन् ।