काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । विगतका वर्षमा कला, संस्कृति, भाषा, वेशभूषा तथा पर्यटनलाई समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएकोमा यो वर्ष ती क्षेत्रमा योगदान पुर्याउने राष्ट्रिय विभूतिलाई समेटिएको बैंकले जानकारी दिएको छ ।
क्यालेन्डर मंगलवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू, बैंकका बागमती प्रदेश प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीको उपस्थिति थियो । प्रमुख कार्यकारी अधिकृत खालिङले नेपाली कला संस्कृति, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विभूतिलाई सम्मान गर्न क्यालेन्डरमा समेटिएको बताए ।