काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको साधारण शेयर सार्वजनिक निष्कासन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त भएको छ ।
साधारण शेयर प्रचलित कानूनबमोजिम सार्वजनिक निष्कासन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्टलाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको बताइएको छ ।
बुधवार आयोजित एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकारका अध्यक्ष रामचन्द्र शर्माले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल एसबिआई मर्चेण्ट नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।