ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिपिडब्लु लघुवित्तलाई मेगा क्यापिटलले शेयर रजिष्ट्रार सेवा दिने

२०७९ चैत, १६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्सबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्झौता भएको छ । बुधवार एक कार्यक्रमका बीच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलीपकुमार पोखरेल र क्यापिटलमा कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेल र मर्चेन्ट बैकिङ इन्चार्ज मनीषा दाहाल समेत उपस्थित थिए । सम्झौतासँगै अब वित्तीय संस्थासँग सम्बन्धित धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीको लागत अद्यावधिक गर्ने लगायत सम्पूर्ण काम क्यापिटलमार्फत गरिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)