काठमाडौं । ज्योति विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी वीक २०२३’ मनाएको छ । बैंकले विभिन्न शाखामार्फत विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रम आयोजना गरेको हो । ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ विषयवस्तुमा केन्द्रित भई युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गरिएको जानकारी बैंकले दिएको छ । कार्यक्रमअन्तर्गत स्कूल तथा कलेज, विभिन्न संघसंस्था लगायत स्थानीय समुदायमा आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा, यसमा अपनाउनुपर्ने सावधानी, उद्यमशीलता विकास लगायत विषयमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।