काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्टले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
विश्वविद्यालयले बुधवार सूचना जरी गर्दै शैक्षिक र प्रशासनिक पदहरूमा करार शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने जानकारी दिएको छ ।
विश्वविद्यालयले उप- प्राध्यापक पदका लागि ३ जना र मूख्य सहायक पदका लागी ३ जना गरी जम्मा ६ जना शिक्षक तथा कर्मचारी माग गरेको हो ।
विश्वविद्यालयले योग्यता पुगेका नेपाली नागरिकहरुले नियमित दस्तुरमा २०७९।१२।२३ गते दिनको ५ बजेसम्म तथा डबल दस्तुर तिरेर २०७९।१२।३० गते सम्ममा मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको प्रशासनमा दरखास्त दिन आह्वान गरेको छ ।
हेर्नुहोस् सुचना