काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गोरखाको मनकामनाको मन्दिर परिसरमा शौचालय निर्माणमा सहयोग गरेको छ । बैंकको आर्थिक सहयोगमा निर्मित सार्वजनिक शौचालय बिहीवार एक कार्यक्रमका बीच मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले विकास समितिलाई शौचालय हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले मनकामना मन्दिरमा सार्वजनिक प्रयोगका लागि शौचालय निर्माण गर्न पाउनु गर्वको कुरा भएको बताए ।