काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले देशव्यापी रूपमा महिला लक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले ‘ग्लोबल मनी वीक २०२३’ अन्तर्गत उक्त कार्यक्रम गरेको हो ।
वित्तीय अनुशासन र चेतना अभिवृद्धिको उद्देश्य राखेर साक्षरता कार्यक्रम सातै प्रदेश तथा शाखा कार्यालयमार्फत गरिएको संस्थाले जानकारी दिएको छ । अभियानअन्तर्गत संस्थाले वित्तीय साक्षरतासम्बन्धी सचेतनामूलक श्रव्यदृश्यसहितका अभिमुखीकरण, अन्तरक्रिया, र्याली लगायत कार्यक्रम गरेको हो । समुदायस्तरका महिलालाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, बचत तथा कर्जाको सही सदुपयोग, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण लगायतमा कार्यक्रमले सहयोग पुर्याएको संस्थाको विश्वास छ ।