ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रम

२०७९ चैत, २०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी वीक २०२३’को अवसरमा १० हजारभन्दा बढी विद्यार्थी, कर्मचारी, मजदूर, कृषकबीच वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सातै प्रदेशका शाखा कार्यालयबाट देशव्यापी वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो । डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरबीबी स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटीपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी जानकारी अभियानको क्रममा दिइएको थियो । यो अवधिमा वित्तीय सचेतनामूलक अन्तरक्रिया कार्यक्रम र सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृश्य सामग्रीसमेत प्रसारण गरिएको बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)