काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ह्याप्पी आवर्स’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकका ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरीदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । मोबाइल एप तथा क्यूआरमार्फत गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्न क्यासब्याक योजना सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ । चैत १९ गतेदेखि शुरू भएको उक्त योजना आगामी वैशाख १६ गतेसम्म चल्नेछ । योजनामा प्रतिग्राहक दिनको पहिलो र एक कारोबारको भुक्तानी मात्र क्यासब्याकका लागि योग्य हुने बताइएको छ । बैंकका अनुसार हप्ताको ५ दिन निश्चित समयमा विभिन्न प्रयोजनका लागि गरिएको भुक्तानीमा क्यासब्याक अफर छ ।
यो योजनाअन्तर्गत आइतवारदेखि मंगलवारसम्म बेलुका ७ देखि १० बजेसम्मको भुक्तानीमा २० प्रतिशत वा अधिकतम १०० रुपैयाँ क्यासब्याकको अफर छ । आइतवार मोबाइल डेटा प्याकको खरीदमा, सोमवार टिभीको बिल भुक्तानीमा, मंगलवार इन्टरनेटको बिलको भुक्तानीमा क्यासब्याक पाइनेछ । त्यस्तै बुधवार सोही समयमा हवाईजहाजको टिकट खरीद गर्दा २० प्रतिशत वा अधिकतम २०० रुपैयाँ र शनिवार बिहान ७ देखि बेलुका ७ बजेसम्म केबलकारको टिकट खरीद गर्दा २० प्रतिशत वा अधिकतम २०० रुपैयाँ क्यासब्याक पाइनेछ ।