ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकको ‘किओस्क’सेवा थप पाँच शाखामा

२०७९ चैत, २०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले १ वर्षअघि काठमाडौंको दरबारमार्ग शाखाबाट शुरू गरेको ‘किओस्क’ सेवा अन्य शाखामा पनि विस्तार गरेको छ । शनिवार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले थप पाँच ठाउँमा यो सेवाको शुभारम्भ गरेका हुन् । यो सेवा काठमाडौंका कलंकी र नयाँबजार, कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज र लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा विस्तार गरिएको हो । ‘किओस्क’ सेवामार्फत कर्मचारीको सहयोगविना नै ग्राहकले बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने जस्ता सेवा लिन सक्ने बताइएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)