काठमाडौं । हिमालयन बैंकले ‘ग्लोबल मनी वीक २०२३’ को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । साक्षरता कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यवसायी, बंैकका ग्राहक लगायत स्थानीयसँग वित्तीय ज्ञानवर्द्धक विषयमा छलफल गरिएको बताइएको छ । कार्यक्रममा सहभागीलाई बैंक, बैंकले प्रदान गर्ने सेवा–सुविधा, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्था, बचत गर्ने बानी सुधार गर्ने तरीका लगायत विषयमा जानकारी दिइएको बैंकको भनाइ छ । सो अवसरमा बैंकले प्रवाह गर्ने विभिन्न कर्जा लगायत सहुलियतपूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानूनी रूपमा गरिने रेमिट्यान्सको प्रक्रिया जस्ता विषयमा विस्तृत जानकारी दिइएको थियो ।